समाचार

बच्चालाई चोरेर भाग्दै गरेका २ महिला पक्राउ


काठमाडौँ — अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।