काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनः महानगरको प्रमुखमा आफ्नो दाबेददारी रहेको बताउनु भएको छ । आज काठमाडौँ महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
मेयर शाक्यले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनु भयो । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनु भयो ।
मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत जनाउनु भयो ।


प्रतिक्रिया