राजनीति

शेखरसँगको भेटपछि नेपाललाई लिएर प्रचण्ड पुगे बालुवाटार


काठमाडौँ – सत्तारुढ तीन दलका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले समसामयिक विषयमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताए । आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो ।
उक्त भेटमा कोइरालाले स्थानीय चुनावमा कांग्रेस कोही सँग पनि गठबन्धन नगर्ने बताएका थिए । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

स्थानीय चुनावको मिति घोषणा भएसँगै राजनीतिक दलको भेटवार्ता तीव्र भएको छ ।