राजनीति

गठबन्धन फुट्दैन, यथास्थीतिमा एमसीसी पास हुँदैन


काठमार्डौँ – नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन कुनै पनि हालतमा नफुट्ने बताएका छन् । एमसीसी परियोजनाको विषयमा सत्तारुढ गठबन्धनबीच कुरा बाझिएपछि गठबन्धन टुट्ने धेरैले आकलन गरिरहेको समयमा अध्यक्ष नेपालको यस्तो अभिव्यक्ति आएको हो ।

बुधबार योहो टेलिभिजनको विशेष कार्यक्रम सत्य संवादमा बोल्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनबाट डराउनेहरु र भलो नचाहनेहरुले विभिन्न समस्या निकालेर विचलित गराउन खोजेको बताए । साथै, उनले आफ्नो लामो राजनीतिले जस्तो सुकै विचलित गराउन खोजेपनि आफू सतर्कताका साथ चल्नुपर्छ भन्ने पाठ सिकाएकाले जति समस्या निम्याउन खोजे पनि आफूहरु विचलित नभई अघि बढ्ने बताएका हुन् ।