राजनीति

स्थानीय तहको निर्वाचन गर्न आयोगको तयारी तीव्र


काठमाडौँ – सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ । आयोगले निर्वाचन कार्यक्रम बनाउनेदेखि दल दर्ता र मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेसम्मको कार्यतालिका बनाउन थालेको छ ।

आयोगले अहिले निर्वाचनको बजेटदेखि अन्य विभिन्न आवश्यक सामग्री खरिदलगायत विषयमा गृहकार्य गरिरहेको छ । प्रारम्भिक खाका बनाएर आन्तरिक छलफलमा व्यस्त आयोगले केही दिनमा कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आयोगले विस्तृत कार्ययोजना बनाइरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।