राजनीति

समयमै संसद् नखुल्दा तेजाबलगायतका ६ वटा मुख्य अध्यादेश एकै पटक निष्क्रिय


काठमाडौँ – तेजाबलगायतका ६ वटा मुख्य अध्यादेश एकै पटक निष्क्रििय बनेको छ । मंसिर २८ गते पेश भएका अध्यादेशहरु संविधानमा व्यवस्था गरिए अनुसार समयमा नै सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा निष्क्रिय भएका हुन् ।

संविधानमा बैठकमा पेश भएको मितिले ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याउँनु पर्ने व्यवस्था उल्लेख गरिएको छ । सरकारले प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि तय गरेको छ । साथै अहिलेसम्म विधेकयसमेत दर्ता नभएकोले प्रतिस्थापन हुने अवस्था छैन ।

त्यसैले बिहीबारसम्म बिहीबारसम्म अस्तित्वमा रहेका महिला हिंसाविरुद्धको कसुरमा हुने कारबाही, तेजाबलगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी ती अध्यादेशहरू निष्क्रिय भएका हुन् । सरकारले संसद्को चालू अधिवेशन सिफारिसको एक दिनअघि अध्यादेश सिफारिस गरेको थियो ।