राजनीति

राप्रपा आगामी स्थानीय निर्वाचनबारे रणनीतिक छलफल गर्दै


काठमाडौँ – राप्रपाले निवर्तमान अध्यक्ष कमल थापाले गरेको पार्टी परित्याग, संगठन सुदृढिकरण र आगामी स्थानीय निर्वाचनबारे रणनीतिक छलफल गर्दै छ ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने नेताहरूले बताएका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपामा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् । गत मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नुभएको छ ।