राजनीति

सभामुखविरुद्ध किमार्थ महाअभियोग प्रस्ताव पेस गर्न नसकिन : माधव नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभामुखविरुद्ध किमार्थ महाअभियोग प्रस्ताव पेस गर्न नसकिने बताउनुभएको छ ।
योहो टेलीभिजनको कार्यक्रम ‘सत्य सम्वाद’मा आफ्ना धारणा राख्दै अध्यक्ष नेपालले कुनै दलको लहडमा लागेर सभामुखविरुद्ध महाअभियोग प्रस्ताव पेस नहुने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्रबारे आफूलाई कुनै पूर्व जानकारी नभएको दाबी गर्नुभयो ।
यथास्थीतिमा एमसीसी स्वीकार्न नसकिँने भन्दै नेता नेपालले यसकै कारण गठबन्धन फुट्छ कि भन्ने आशंका नगर्न पनि आग्रह गर्नुभयो । नेता नेपालसँगको कुराकानी आज रती ९ बजे योहो टेलिभिजनको सत्तय सम्बाद कार्यक्रममा प्रशारण हुनेछ ।