राजनीति

सरकारलाई दवाब दिन साना दल सडकमा, होला त एमसीसी खारेज ? (भिडियोसहित)


काठमाडौँ — शीर्ष राजनीतिक दल एमसीसी के गर्ने भन्ने सवालमा अझै प्रष्ट हुन सकेको छैनन् । सत्तारुढ दल नेपाली कांग्रेस बाहेक अन्य सबै दल र दलका नेताहरुबीच यो विषयलाई लिएर मतभिन्नता कायमै छ । तर एमसीसीको विपक्षीमा रहेका साना राजनीतिक दलहरु भने पटक पटक एमसीसी खारेजीको माग गर्दै सडक संघर्षमा उत्रर्दै आएका छन ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेपालका राजजनीतिक दलहरु विभाजित छन् । विपक्षमा रहेका दलहरु सरकारलाई सडकबाट दवाव दिईरहेका छन । बुधबार कम्युनिष्ट घटक विभिन्न ६ जनवर्गीय संगठन र दुई मोर्चाले एमसीसीको विरोधमा काठमाडौमा प्रदर्शन गरे । उनीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर ,नो एमसीसी,अमेरीकी हस्तक्षेप बन्द गर,एमसीसी खारेज गर ,व्याकअफ यूएस भन्दै चर्को नारावाजी सहित विरोध जनाए ।

एमसीसी सदनमा पेश गर्ने तयारी भैरहेको अवस्थामा दुबै पक्ष वार कि पारको अवस्थामा समर्थन विरोधमा उत्रिएका छन् । सत्तारुढ दल एमसीसी पास गराउने कसरतमा सक्रिय छन् । काँग्रेस बाहेकका सत्ता घटक दलहरु तत्काल यथास्थितिमा एमसीसी पास नगर्र्नेे पक्षमा छन् । गठबन्धनभित्र नै भए पनि राष्ट्रिय जनमोर्चाले भने एमसीसीको विपक्षीमा सडकबाट सरकारलाई दवाव दिईरहेको छ ।

नेपाललाई उपनिवेश मुलुक हुनुबाट जोगाउन र मुलुकको राष्ट्रिय स्वाधिनता रक्षाका लागि एमसीसी खारेजीको विकल्प नरहेको नेताहरु बताउँछन । एमसीसी पास भए मुलुकको स्वतन्त्रता गुम्ने भएकोले एमसीसीको विरोधमा आन्दोलनमा उत्रिएको सहभागीहरुको भनाई छ ।

एमसीसी मुख्यालयले नेपालको प्रष्ट धारण मागेको धेरै भयो । उसले पास गर्नेभए छिटो पास गर, नत्र फिर्ता लैजान्छौ भनिरहेकै छ । तर नेपालका शीर्ष राजनीतिक दल र दलका नेताहरु अझै द्धविधामा छन । राजनीतिक दलहरुले एमसीसीलाई राजनीतिक दाउपेचको रुपमा प्रयोग गर्दा यो विषय थप गिजोलिएको छ ।