राजनीति

अमेरिकी राजदुत देउवा, प्रचण्ड र ओलीको दैलोमा, एमसीसी फिर्ता हुने सम्भावना कति ? (भिडियोसहित)


काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसी जसरी पनि पास गर्न यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाब परेको छ । तर गठबन्धनका अन्य घटकहरु विपक्षमा उभिएपछि यतिबेला देउवा चेपुवामा परेका छन् ।

करिब चारवर्षदेखि संसद्मा गिजोलिएको एमसीसी परियोजना जसरी पनि पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिबेला दवाब परेको छ । पटक पटक समय गुजर्दै आएको नेपाललाई अमेरिकाले जसरी पनि एमसीसी पास गर्न चौतर्फि दवाब दिएपछि देउवा यतिबेला चेपुवामा परेका हुन् । एक उच्च स्रोतका अनुसार केहीदिन मात्रै एमसीसी प्रतिनिधिले देउवालाई पत्र बुझाउँदै सो परियोजना अगाडि बढाउन दवाब दिएको थियो ।

एडीबी लगायतका अमेरिकासँग जोडिएका अनुदान रोक्ने चेतावनी अमेरिकाले दिइरहेको बताइन्छ । मंगलबार मात्र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाइ अमेरिकी राजदूत र्यांण्डी बेरीले भेटेर एमसीसीमा साथ दिन आग्रह गरेका छन् । तर यहिबीचमा सत्ता गठबन्धनको समर्थन देउवालाई मिलिरहेको छैन् । तर देउवा जसरी पनि अमेरिकालाई आफूले दिएको प्रतिबद्धतालाई पूरा गर्न चाहान्छन् ।

मिलेसम्म पास नै गराउँने, सम्भव नभए पनि संसद्मा टेबल मात्रै भएपनि गराउँने देउवाको रणनीति छ । तर माओवादी निकट सभामूख अग्नी सापकोटाले साथ नदिएमा देउवाले न एमसीसीलाई सदनमा टेबुल गराउँन सक्छन् न त सभामुख हटाउँनैलाई उनीसँग यथेष्ट मत छ । देउवाको एक्लो जोडबलले कुनै माखो नपार्ने र राजनीतिक धुव्रीकरणकै कारण अब एमसीसी फिर्ता हुने अवस्थामा पुगेको विश्लेषण भैरहेको छ ।

स्थानीय निर्वाचनको मिति समेत घोषणा भइसकेको अवस्थामा अब एमसीसी पछाडि धकेलिने देखिएको छ । किन भने एमसीसी परियोजना अगाडि बढाईए स्थानीय निर्वाचन विथोलिन सक्छ । गठबन्धनकै एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसीसीलाई पछाडि धेकेलेर निर्वाचन अगाडि लैजानमै जोड दिइरहेका छन् । अब अमेरिकाको चौतर्फी दवाबकै बीच एमसीसी फिर्ता हुने निश्चित जस्तै भएपछि यो अवस्थामा अब अमेरिकाले नेपालमाथि इगो साध्ने हो की भन्ने विश्लेषणहरु पनि भईरहेका छन् । तैपनि काँग्रेस अझैपनि गठबन्धनलाई जिवित राख्दै एमसीसी परियोजनालाई टुंगोमा पु¥याउनेमा दृढ छ ।

यतिबेला स्थानीय निर्वाचन र एमसीसी परियोजना दुवै विषय राष्ट्रिय मुद्दाको रुपमा अघि सरेका छन् । तर पेचीलो राजनीतिक घटनाक्रमका कारण अब देउवालाई स्थानीय निर्वाचन अघि बढउने कि एमसीसी, एक रोज्नुपर्ने अवस्था आएको छ ।

पछिल्लो समय स्थानीय निर्वाचन र एमसीसीले गठबन्धनभीत्रै फाटो ल्याईरहेको छ । एमसीसी परियोजना अघि बढे स्थानीय निर्वाचन नै विथोलिने सम्मको अवस्थामा छ । निर्वाचनको मिति समेत घोषणा भईसकेको अवस्थामा अब एमसीसीलाई कसरी अगाडि बढाइन्छ, यसैबाट आगामी राजनीतिक कोर्ष तय हुने देखिन्छ ।