राजनीति

सभापति देउवासँग पदाधिकारीको सामूहिक छलफल


काठमाडौँ — नेपाली काँग्रेसका पदाधिकारीले सभापति शेरबहादुर देउवासँग सामूहिक छलफल गरेका छन् । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा पदाधिकारीले कार्यसम्पादन समितिको बैठकअघि सभापति देउवासँग सामुहिक छलफल गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । काँग्रेसमा सहमहामन्त्रीले सभापति देउवासँगको आन्तरिक छलफलमा पहिलो पटक सहभागी भएका थिए ।

उनले भने ‘हिजो हामीले सभापति बाहेका पदाधिकारी बसेर भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सन्दर्भमा छलफल गरेका थियौं । त्यसबारे उहाँलाई बिफ्रिङ गर्‍यौँ ।’

भोलि २ बजे बस्ने कार्यसम्पादन समितिका सदस्यले बैठकमा आफ्नो कारण राख्ने उनको भनाइ छ । उनका अनुसार स्थानीय निर्वाचनमा पार्टी पंक्तिको परिचालन, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल हुनेछ । यस विषयमा समितिका सदस्यको राय लिएर निर्णयमा पुग्ने महतले बताए ।