राजनीति

एमसीसीका कारण गठबन्धन फुटको संघारमा, स्थानीय निर्वाचन अनिश्चित बन्दै


काठमाडौँ – स्थानीय निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई सँगै अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला प्रयासरत छन् । यी दुवै विषयलाई सँगै लिएर निचोडमा पुर्याउँने प्रयासमा रहेका देउवा सत्ता गठबन्धन र प्रतिपक्षीसँग घनिभुत छलफलमा छन् ।

यतिबेला स्थानीय निर्वाचन र एमसीसी परियोजना यी दुवै विषय राष्ट्रिय मुद्दाको रुपमा अघि सरेका छन् । तर पेचीलो राजनीतक घटनाक्रमका कारण अब देउवाले कि स्थानीय निर्वाचन कि त एमसीसी यी दुईमध्ये एकलाई मात्रै निचोडमा पुर्याउँन सक्ने अवस्था देखिएको छ । मुलुकको राष्ट्रिय राजनीतिलाई तताएको दुई विषय स्थानीय निर्वाचन र एमसीसीलाई लिएर सत्ता गठबन्धनमै फरक—फरक मत आईरहेको छ ।

प्रतिपक्ष एमालेको ढाडस पाएपछि हौसिएर अगाडि बढेका देउवालाई गठबन्धन भीत्रै एमसीसी अगाडि बढाउन भने साथ मिलिरहेको छैन् । एमसीसीकै कारण बरु दलहरुबीच राजनीतिक धुव्रिकरण बढ्दै जान थालेको छ । यता निर्वाचनलाई खुलेर साथ दिएको एमालेले एमसीसीका विषयमा भने गठबन्धनभीत्रै सहकार्य गर्न देउवालाई सुझाव दिएर आफू पन्छिन खोजेको छ ।

तर सभामुख माओवादीको र सभामूखको साथ बिना देउवाले एमसीसीलाई सदनमा टेबुल गराउँन सक्छन् न त सभामुख हटाउँनैलाई उनीसँग यथेष्ट मत छ । स्थानीय निर्वाचनको मिति समेत घोषणा भइसकेको अवस्थामा अब एमसीसी पछाडि फर्किने देखिएको छ ।

गठबन्धनकै एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसीसीलाई धेकेलेर निर्वाचन अगाडि लैजानमै जोड दिइरहेका छन् । राष्ट्रिय सहमति बिना एमसीसी कुनै पनि हालतमा अगाडि बढाउँन नहुने अवस्थामा माओवादी केन्द्र पुगेको छ ।