राजनीति

फागुन २ सम्म संसद् बैंठक स्थगित


काठमाडौँ – प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा आजको बैठक विशेष कारणले स्थगित भएको उल्लेख गरिएको छ ।

अमेरिकी आर्थिक सहयोग परियोजना एमसिसी संसदमा पेश गर्ने तयारी भइरहेका बेला सहमति नजुटेपछि बैठक स्थगित गरिएको बताइएको छ । पहिला सत्तारुढ दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । एमालेले निरन्तर अवरुद्ध गर्दै आएकोमा पछिल्लो समय बैठक स्थगित हुँदै आएको छ ।