राजनीति

कम्युनिष्ट शीर्ष नेता प्रचण्ड र नेपालबीच भेटवार्ता


काठमाडौँ – बुधबार बिहानै दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड निवास खुमलटार पुगेको हुन् ।

दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ । अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।