राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहीबार बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको एक नेताले बताए।

बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ। बैठक आज बस्ने भनिए पनि स्थान र समय भने तय हुन बाँकी रहेको छ।