पत्रपत्रिका

मधेसमा छ्यापछ्याप्ती पार्टी


काठमाडौँ – तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सीके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् ।

चुनाव नजिकिँदै जाँदा नेताहरूको व्यवस्थापन गर्न तराई मधेसलाई केन्द्रित गरी नयाँ नयाँ पार्टी घोषणा हुन थालेको हो । २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) गठन भएपछि १६ महिनासम्म तराई मधेस केन्द्रित एउटामात्रै पार्टी सक्रिय रह्यो । तर यो अवस्था लामो समय टिकेन ।

गठन भएको एक वर्षमा नै जसपामा चरम विवाद उत्पन्न भयो । त्यसको ६ महिनामै औपचारिक रूपमा जसपा विभाजित भयो । गत भदौ १ गते लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० गठन भएको छ । अहिले लोसपा पनि फुटाएर नयाँ पार्टी गठन गर्न केही शीर्ष नेता लागिरहेका छन् । नागरिक दैनिकबाट