राजनीति

आजदेखि शुक्रबारसम्म फेरि वर्षा र हिमपातको सम्भावना


काठमाडौँ –केही दिनयता रोकिएको वर्षा र हिमपात फेरि सुरू हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।