समाचार

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना


काठमाडौँ — शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएका छन् । अस्पतालका अनुसार जोशीलाई मंगबार दिउँसो १ बजे अस्पताल लगिएको थियो ।

जोशीलाई अहिले इन्टरनल मेडिसिन विभागको अन्डरमा क्याबिनमा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ । सिटी स्क्यानको रिपोर्टमा भने निमोनिया देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले जनाएको छ ।

जोशीको अन्य सम्पूर्ण स्वास्थ्य परीक्षण र पीसीआर जाँच गराइएको तर रिपोर्ट भने आइनसकेको अस्पतालको मेडिसिन विभागले जानकारी दिएको छ ।