राजनीति

आइपीओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त


काठमाडौँ — राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेबाट आइपीओ जारी गर्ने भएको छ । यस लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् पाँच प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।