राजनीति

सभामुख सरकारको रबर स्ट्याम्प होइन, कम्युनिष्ट सक्ने चीन घेर्न खेल हुँदैछ : लीलामणि पोखरेल


काठमाडौँ — एमसीसीकै कारण सत्ता गठबन्धनमा किचलो मच्चिएपछि सरकार के हुन्छ भन्ने प्रश्न उठेको छ । संविधानविद्हरु अर्काे सरकारको परिकल्पना संविधानले नगरेको बताउँछन् ।

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवाको अतृप्त चाहना र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको मुकुण्डो खोलिएसँगै अब सत्ता गठबन्धन के हुन्छ भन्ने प्रश्न अहम् छ ।

किनकि सम्झौता पारित गर्ने प्रतिवद्धतासहित देउवा–प्रचण्डले एमसीसीलाई पठाएको गोप्य पत्र नै सार्वजनिक भएसँगै गठबन्धनमा गडबड सुरु भएको छ । प्रधानमन्त्री देउवाले पत्र सार्वजनिक गरेको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् ।

देउवाको कदमप्रति नेकपा एकीकृत समाजवादीले पनि असन्तुष्टी साँधेको छ । फलतः झुट र अविश्वासको जालोमा झेलिएको गठबन्धनको आयुमाथि नै प्रश्न उठेको हो । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रमा नेकपा (माओवादी) केन्द्रका नेता लिलामणिसँग समाचार प्रमुख जीवराम भण्डारीले गरिएको कुराकानी :