राजनीति

विप्लव समूहको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश


काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहित पाँच दर्जन नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण)सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरीलगायतका दुई दर्जनभन्दा बढी नेतारकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौँमा स्वागत गरेका हुन् । चन्द नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नै माओवादीमा समाहित भएको दाहालको सचिवालयले जनाएको छ ।