समाचार

बढ्यो सुनको मुल्य


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ थियो । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।