विदेश

अमेरिकी राष्ट्रपति र जर्मन चान्सलरबीच भेटर्वाता


काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म प¥याइएको ग्यास पाइपलाइन बन्द गरिदिने चेतावनी दिएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङटनमा आयोजित भेटवार्तापछि पत्रकार सम्मेलनमा बाइडेनले रुसबाट जर्मनीसम्म जोडिएको ग्यास पाइपलाइन ‘नोर्ड स्ट्रीम– २’ लाई अन्त्य गरिदिने बताएको बीबीसीले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि अमेरिका र जर्मन सरकार प्रमुखबीच छलफल भएको हो ।

रुस र युक्रेन तनावकाबीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि शोल्जले अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका थिए । अमेरिका र जर्मनीका साझेदार युरोपेली देशहरु सुरुदेखि नै यो ग्यास पाइपलाइनको विरोधमा छन् ।