राजनीति

बैशाख ३० गते चुनाव गर्न निर्वाचन आयोग तयार, १२ अर्ब चाहिने


काठमाडौँ – सोमबारको मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०८९ साल बैशाख ३० गने गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले तयारी तीब्र पारेको छ । निर्वाचन गराउने जिम्मेवारी पाएको आयोगले सरकारले मिति तय गरेसँगै चुनाव लक्षित विभिन्न काम अघि बढाएको छ ।

यसअघि नै केही काम सुरु गरिसकेको आयोगले सरकारको निर्णयसँगै औपचारिक रुपमा थप काम अघि बढाएको हो । आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।आयोगका अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो । निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो । त्यसैगरी आयोगले निर्वाचनका लागि आवश्यक पर्ने भवन, सवारीका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक वस्तुको स्थानीय तहसँग विवरण संकलनका लागि आजै पत्राचार गरेको हो ।

नेपालको संविधानको धारा २४७ मा निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ व्यवस्था अनुसार आयोगले पत्राचार गरेको हो । आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७ सय ५३ वटै स्थानीय तहबाट ती विवरण एकीकृत गरी यही माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन पत्र लेखेको उल्लेख छ ।

आयोगले बैशाख ३० गते चुनाव गर्न कुनै पनि कानुनी अस्पष्टता र समस्या नरहेको स्पष्ट पारेको छ । निर्वाचन प्रयोजनका लागि १२ अर्ब रुपैयाँ आफ्नो कार्यालयलाई मात्र आवश्यक पर्ने जानकारी निर्वाचन आयोगले गराएको छ । केही दिन अगाडि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा निर्वाचन आयोग, प्रदेशका ७ निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय, ७५३ निर्वाचन अधिकृतको कार्यालयमा खर्च गर्ने गरी सो रकम बराबरको बजेट चाहिने उल्लेख छ ।

स्थानीय तह निर्वाचनका लागि आयोगले माग्यो गाडी, भवन लगायतको विवरण यो बजेट अघिल्लो पटकको चुनाव ९२०७४ साल० को तुलनामा ४ अर्ब बढी हो । यसअघि ८ अर्ब रुपैयाँ बजेट खर्च भएको आयोगको भनाइ छ । यो बजेट एकै चरणमा चुनाव भएको अवस्थामा हुने अनुमानित खर्च हो । त्यसो हुन नसके यो बजेट अझ बढ्न सक्ने समेत आयोगको भनाइ छ ।