राजनीति

नेपाल बार एसोसिएशनको सय दिने आन्दोलनको उपलब्धि के ?


काठमाडौँ – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गर्दै सुरु गरेको आन्दोलनले सोमबार एक सय दिन पुरा गरेको छ । तर बारको आन्दोलन फलदायी भने बन्न सकेन ।

पछिल्लो समय कोरोना संक्रमणको जोखिमका कारण भर्चुअल रुपमा अन्तरक्रिया गरेर आन्दोलनलाइ निरन्तरता दिएको बारको आन्दोलन कमजोर भएको देखिन्छ । हिजो सय दिन पूरा भएको अवसरमा बारले पत्रकार सम्मेलन गरेर आन्दोलनलाई थप शसक्त बनाउने भनेको छ । बारले कोरोनाका कारण भर्चुअल रुपमा आन्दोलन गरको र अव पुनः भौतीक रुपमा आन्दोलनलाई थप शसक्त बनाउने जनाएको हो ।

पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलन सिथिल नभएको दावी गरे । उनले अव नयाँ कार्यक्रमका साथ आन्दोलन गरिने चेतावनी पनि दिए । तर सय दिनसम्म उपलब्धि हासिल गर्न नसकेको आन्दोलनले अब के लक्ष्य प्राप्ति गर्ला त्यो भने हेर्न बाँकी नै छ ।