राजनीति

शंकै शंकामा सत्ता गठबन्धन, बैठकमा नवोलाएपछि रिसाए नेपाल, प्रचण्ड पनि सशंकित (भिडियोसहित)


काठमाडौँ – एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखेको पत्र बाहिरीएसंगै सत्ता गठबन्धन शंकैशंकामा रुमलिएको छ । एकातर्फ एमसीसी टेवुल गरे गठबन्धन छाड्ने माओवादीको चेतावनी र अर्कातर्फ नेकपा एकीकृत समाजवादीको चित्त दुखाईले यसमा अझ संकट थपेको हो ।

अप्राकृतिक गठबबन्धनको संज्ञा पाएको सत्ता गठबन्धन फुटको उत्कर्षमा पुगेको छ । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि सत्ता घटकमा अविश्वास चुलिएको हो । सोहि कारण ७ महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुगे भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वेवास्तामा परे ।

पत्र सार्वजनिक भएसंगै देउवा–प्रचण्ड–ओलीको वार्तामा ओलीकै माग बमोजिम नेपाललाई बोलाईएन । अर्थात नेकपा एकीकृत माजवादीलाई पार्टी नै नमान्ने ओलीको अडानलाई सत्ता घटककै नेता देउवा र प्रचण्डले मौनरुपमा स्वीकार गरे । फलत: आफू बाहेकको छलफल भएपछि नयाँ सत्ता समिकरण त हुने हैन भन्ने डर एकीकृत समाजवादीमा परेको छ ।

उता एमसीसीमा आफ्नो अडानको बीच पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रले पनि कांग्रेसलाई शंकाको नजरले हेर्न थालेको छ भने कतै गठबन्धन फुट्ने र वामपन्थी एक हुने त हैनन् भन्ने डर कांग्रेसमा पनि छ । यद्यपी पत्र सार्वजनिक हुनुलाई कांग्रेसले भने आईसब्रेक भनेको छ ।

हुन त गठबन्धनको उदेश्य पुरा भईसकेको छ । ओली वालकोट पुगीसकेका छन भने सातै प्रदेशबाट एमालेको सरकारबाट हटेको छ । अव एकैमात्र उदेश्य भनेको चुनावमा मिलेर फाईदा लिने काम मात्र सत्ता गठबन्धनका लागि बाँकि छ । फलत ः आफू कमजोर हुने आंकलनका कारण ओलीको प्रहार र वामपन्थीलाई एक हुन नदिने देउवाको रणनितिको चेपुवामा गठबन्धन छ । गठबन्धन नभए यसअघि आफूलाई हराएका एकीकृत समाजवादी र माओवादी केन्द्रका नेता पुन तगारो बन्ने ठानेका रामचन्द्र पौडेल, कृष्ण सिटौला जस्ता कांग्रेस नेताहरु भने गठबन्धनको पक्षमा छन ।

त्यस्तै गठबन्धन फुटे बन्ने सम्भावित समिकरण वामपन्थी गठबन्धनमा नपर्ने पक्का भएको एकीकृत समाजवादी पनि यहि गठबन्धन दिगो बनाउनुपर्ने बाध्यतामा छ । तर एमसीसी निर्वाचन जस्ता महत्वपूर्ण विषयमा भएको वैठकमै ओलीको ईच्छा अनुसार नेपाललाई नबोलाएकोमा भने खुसी देखिएको छैन । जसलाइ एकीकृत समाजवादीले आफ्नो पार्टी प्रतिको अपमान भएको बताएको छ । यदि कांग्रेसले एक्लै अघि बढ्ने घमण्ड गरे त्यो राम्रो नहुने उसको भनाई छ ।

स्थानीय निर्वाचन र एमसीसीमा एकोहोरो अघि बढाउन खोजेपछि माओवादी केन्द्रले गठबन्धन छाड्ने चेतावनी नै दियो । वाहिर एक र भित्र अर्को कुरा गरिरहेका प्रचण्डको दोहोरो चरित्र यहि वीचमा पर्दाफास भएपछि उनी अझ नैतिक दवावमा छन । यहि बाध्यताकै कारण सहि फरक मत नराखेको एकीकृत समाजवादीलाई पनि देउवाले स्पेस नदिएपछि अब सत्ता घटकमध्येका तीन दल तीन तीर देखिएका छन । जसमा ओली कता जान्छन र कसरी खेल्छन भन्ने कुराले आगामी राजनीतिक कोर्ष तय गर्ने छ ।