राजनीति

निर्वाचनको मिति घोषणा गरेकोमा एमालेले गर्यो स्वागत, तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने चिन्ता बढिरहका बेला संविधान अनुसार नै सरकारले चुनाव घोषणा गरेपछि एमालेले स्वागत गरेको हो । अब पार्टी निर्वाचनको तयारीमा लाग्ने एमाले उपपमहासचिव विष्णु रिमालले बताउनुभयो ।

यसैबीच निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको व्यवस्थापनका लागि सरकारलाई आग्रह गरिसकेको छ ।