राजनीति

राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त


काठमाडौँ – सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिका सबै पदाधिकारीलाई बर्खास्त गरेको हो । बैठकले अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

उनीहरुलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।