काठमाडौँ – रुस र युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुने भएको छ ।
छलफलका लागि जर्मनीका चान्सलर ओलाफ स्कोल्ज अमेरिका जाने भएका हुन् । जर्मनीका चान्सलर ओलाफले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । रुस युक्रेनको विषयमा मौन रहेको आरोप खेपिरहेका बेला अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा जर्मन चान्सलर ओलाफले ठूलै सन्देश दिन सक्ने अनुमान गरिएको छ ।
रुस र युक्रेनबीच भड्किएको द्वन्द्वलाई लिएर जर्मनीले कुनै प्रतिक्रिया दिएको छैन । केही दिनअघि अमेरिकाका लागि जर्मनीका राजदूत एमिलो हेबरले बर्लिनलाई लेखेको पत्रमा समेत सो कुराको उल्लेख गरेका थिए ।
बर्लिनले प्राकृतिक ग्यासमा निर्भर भएका कारण रुसको विरुद्धमा कुनै ठूलो कदम चाल्ने अवस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । युक्रेनको विषयलाई लिएर रुस र पश्चिमी मुलुकहरुको तनाव चरम अवस्थामा पुगेको छ ।


प्रतिक्रिया