राजनीति

वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय


काठमाडौँ – सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

सरकारले एक सय दिनको समय राखेर चुनावको मिति घोषणा गरेको छ ।