राजनीति

कांग्रेसको प्रवक्तमा डा.महत नियुक्त


काठमाडौँ – नेपाली कांग्रेसमा प्रवक्ताको जिम्मेवारी डा.प्रकाशशरण महतले पाएका छन् । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार डा.महतलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्।

यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा १४औं महाधिवेशनबाट महामन्त्री बनेकापछि प्रवक्ताको जिम्मेवारी महतलाई दिइएको हो ।

१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । यसअघि सहमहामन्त्री रहेका महत देउवा टिमबाट महाधिवेशनमा होमिएका थिए।