राजनीति

स्थानीय तहको निर्वाचन मिति तय गर्न मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – आज सोमबार नियमित मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ ।
प्रधानमन्त्रीको सचिवालयले बताएअनुसार उक्त बैठकमा स्थानीय तहको निर्वाचन मित घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।