राजनीति

काठमाडौँ महानगरभित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्रा खोप दिइने


काठमाडौँ – काठमाडौँ महानगरपालिका भित्र रहेका विद्यालयमा पढ्ने विद्यार्थीले आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो मात्रा खोप लगाउन पाउने भएका हुन् ।

शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ । पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोनाविरूद्ध दोस्रो मात्रा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा रहेको खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउनुपर्ने महानगरले बताएको छ ।