राजनीति

‘भित्र खाओवादी बाहिर मावोवादी!’


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त नभएसम्म देश नबन्ने बताएका छन् । सामाजिक सन्जालमार्फत डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई इङ्गित गर्दै यस्तो ठोकुवा गरेका हुन् ।

डा.भट्टराईले ट्विटरमा भनेका छ ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!’