समाचार

मन्टेश्वरी एसोसिएसन नेपालद्धारा शिक्षामन्त्रीको ध्यानाकर्षण


काठमाडौँ — मन्टेश्वरी एसोसिएसन नेपालले प्रीस्कुल विद्यालय सञ्चालन गर्न अनुमति दिन माग गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

स्मार्ट लकडाउनको अवधारणअनुसार विदार्थीहरु विद्यालय जानबाट बञ्चित हुँदा स्वास्थ्यमा भन्दा बाल मनोविज्ञानमा असर गर्ने भन्दै प्रीस्कुल सञ्चालनको लागि शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

साना विदार्थीको हकमा अनलाईन कक्षा सम्भव नभएकोले उनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै कक्षा सञ्चालनको वातावरण बनाउन एसोसियसनले सरकारसँग आग्रह गरेको हो ।

सिक्ने उमेरमा विद्यार्थीहरु घरमै मोवाईल गेममा झुम्मिँदा बाल मनोविज्ञानमा असर गर्ने भएकोले तत्काल प्री स्कुल सञ्चालनको अनुमति दिन एसोसियसनले माग गरेको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र