राजनीति

उतारियो प्रचण्डको मुकुण्डो,आफैले पत्र पठाउने आफै विरोध गर्ने ? (भिडियोसहित)

कस्ले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र ?


काठमाडौँ — एमसीसी सम्झौता पास गराउन प्रधानमन्त्री देउवालाई दवाव बढिरहेका वेला एमसीसी मुख्यालयले नै निर्णायक भूमिका खेल्न थालेको छ । सम्झौता पास गराउन विभिन्न देशका राजदूतहरुलाई प्रयोग गर्ने, शिर्षस्थ नेतालाई भेटेर दवाव दिने जस्ता कार्य गर्दै आएको मिलेनियम च्यालेञ्ज कर्पोरेसनले अव भने आफैले सक्रियता देखाएको हो ।

अमेरिकी परियोजना एमसीसी सम्झौता पास गराउन अनौपचारिक दवाव दिँदै समय थप्दै आएको मिलेनियम च्यालेञ्ज कर्पोरेसनले अव भने निर्णायक कदम चाल्ने जनाउ दिएको छ । यसअघि भदौ २४ देखि २७ सम्म एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन भने अहिले पनि शिर्षस्थ नेताहरुसंग सम्बाद जारी राखेकी छिन् । त्यस्तै एमसीसी पास गराउन अमेरिकाले मात्र नभई वेलायती, अष्टे«लीयाली राजदुतावासले पनि अनौपचारिक रुपमा दवाव दिईरहेका छन ।

यो बीचमा अष्ट्रेलियन राजदुत फेलिसिटी जेन भोल्कले उर्जामन्त्री पम्फा भूसाल, गृहमन्त्री वालकृष्ण खाँण, शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेकी थिइन् । त्यस्तै सभामुख अग्नी सापकोटा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट गरेकी उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि कांग्रेसका कतिपय नेतासँग पनि भेटकी थिईन । यस्तै सक्रियता वेलायती राजदूत निकोल पोलिटले पनि देखाएकी छन । अनौपचारिक दवावले काम नगरेपछि तथा नेताहरुले दोधारे चरित्र देखाउन थालेपछि पक्षधरलाई प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको गोप्य पत्र नै सार्वजनिक भएको छ ।

विशेषतः माओवादी केन्द्रले एमसीसीका विषयमा अड्को थाप्दा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढ्न नसकिरहेको अवस्था छ भने एमसीसीले तोकेको समय पनि नजिकिदै छ । यहि कारण केहि दिन अघि अमेरिकी राजदूत र्यान्डी वेरीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एमसीसी पास गर्न दवाव दिएका थिए । तर संसोधन गरेर मात्र अघि बढ्ने उनीहरुको भनाईका बीच एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेकी थिईन ।

शनीबारमात्रै पनि भर्चुअल सम्बाद गर्दै सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा नजान नेपाललाई आग्रह गरेकी थिईन । यसरी अब निर्णायक कदमको संकेतकैबीच आईतबार प्रचण्ड र देउवा हस्ताक्षरित गोप्य पत्र सार्वजनिक हुनुलाई चासोका साथ हेरिएको हो । फेब्रुअरी ३ मा मात्रै पनि एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पत्र लेख्दै फेब्रुअरी २८ सम्मको सीमा दिएर ताकेता गरिएको थियो । गोप्य पत्रसंगै सार्वजनिक भएको यो पत्रमा पनि गोप्यपत्रमा भएका सहमती पालन गर्न भनिएको छ भने तोकिएको म्यादभित्र निर्णय नभए एकलौटी निर्णय लिने भन्दै घुमाउरो पारामा दबाब दिईएको छ ।

हुन त प्रचण्डको दोधारे चरित्रकै कारण समस्या भएको बुझेका देउवा पेलेरै अघि बढ्न खोजिरहेका थिए । आफ्नो वास्तविकता देउवालाई थाहा छ भन्ने लागेरै प्रचण्डले पनि आफू नरम हुने तर विमती राख्ने नेतालाई सम्झाउन नसक्ने भन्दै देउवालाई लाचारी देखाईरहका थिए । अर्थात एकातर्फ उनीहरुलाई सम्झाउने जिम्मा तपाईकै भयो भनेर देउवालाई आफ्नो बाध्यता जस्तो देखाउने र अर्कोतीर उनीहरुलाई नै प्रयोग गर्ने रणनितिमा प्रचण्ड थिए । तर एमसीसी मुख्यालयले यो दोधारे चरित्रलाई केहि दिन हेरिरहेको र मौनता साधिरहेका वेला अन्तत ः पत्र नै सार्वजनिक भएको हो । जसले अव वारपारको अवस्था आउने पक्का देखिएको छ ।