राजनीति

नागरिकको समस्याप्रति सरकार किन उदासिन ? (भिडियोसहित)


काठमाडौँ — निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्व सरकारप्रति जनतामा चरम निराशा छाएको थियो । दुई तिहाई बहुमत प्राप्त सरकारले जनआकाक्षा पुरा गर्न नसक्दा नागरिकले सरकार भएको महशुस कहिल्यै गर्न पाएन । वर्तमान सरकार पनि नागरिकको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सचेत नहुन्दा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान चरितार्थ भैरहेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको छ । नेपालमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ४२ पुगेको छ जुन अहिलेसम्मकै महंगो हो । नेपाल आयल निगमले ८४ रुपैयाँमा किन्ने गरेको पेट्रोललाई सरकारी राजस्व, मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, सडक मर्मत–संहार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क सबै नगरिकबाट नै अशुल गर्ने योजनाका कारण पेट्रोलको मुल्य छोइनसक्नु भएको छ ।

विचौलीयाको विगविगीका कारण महंगो बनेको नेपालीहरुको दैनिकी पेट्रालको मुल्य बढेसँगै झनै धान्नै नसक्ने अवस्थामा पुगेको छ । दैनिक उपभोग्य खाद्यन्न,तरकारीको बजार भाउ अनियन्त्रीत छ । नीतिगत रुपमा हुने भ्रष्टचार नियन्त्रण बाहिर छ । केहि विद्यार्थी संगठनले खबरदारी मै छौँ भने पनि खबरदारीको तात्विक परिणाम जनताले पाउन सकेको छैन । जनताको रोजगारी, रोजीरोटी खुम्चीँदै जाने, आयआर्जन घट्दै जाने, जनता यावत समस्याबाट प्रताडित हुनु पर्ने तर सरकार, प्रतिपक्ष दल, अन्य राजनीतिक दल र दलका नेताहरु मात्र होइन नागरिक समाज पनि यी सबै दुख प्रति मौन समर्थनमा रहे झैँ देखिएको छ ।

नागरिकको जनजीविकासँग जोडिएका सवालमा मात्र होइन एमसीसी, सीमा समस्या, भ्रष्टचार, राज्यको सम्पत्ति माथिको व्यापारीकरण, धरासायी अर्थतन्त्र जस्ता मुद्धमहरुमा समेत सबै तै चुप मै चुपको अवस्थामा पुगेको छ । राष्ट्रिय मुद्धा दलगत स्वार्थको चपेटामा पिल्सिएको छ । मुलुकको बढ्दो वेथितिभित्र राजनीतिक दल,दलका सीमित व्यतिm र तीनका कार्यकर्ताको रजाई छ ।

कोरोना महामारीले शिथिल सबै क्षेत्र अझै तङग्रिन सकेको छैन । सरकार जनपक्षीय काममा भन्दा आफ्नो दुनो सोझाउन व्यस्त छ । नागरिकको समस्याप्रति सरकार साथै सरोकारवालाको उदासिनता बढ्दो छ । जसको प्रत्यक्ष मार मुलुक र असंगठित सर्वसाधरण पिडामा छन् । तत्कालिन नेकपाभित्रको विवादका कारण मुलुुकको राजनीतिक कोर्ष नै परिवर्तन भयो । सरकार परिवर्तन भयो तर नागरिकका समस्या ज्यूँका त्यूँ छन् अझ बढ्दो महंगीका कारण दैनिकी भयावह बन्दै गएको छ ।