समाचार

संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग सभामुखको आग्रह


काठमाडौँ — सभामुख अग्नि सापकोटाले संसदको अवरोध हटाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूमार्फत यस्तो आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक अघि सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार सभामुख सापकोटा र कानुनमन्त्री बडूबीच झण्डै एक घण्टा छलफल भएको थियो ।

छलफलको क्रममा कानुनमन्त्रीले सभामुख सापकोटाको आग्रहलाई प्रधानमन्त्री समक्ष पुर्‍याउने जवाफ दिँदै संसदको विजनेशका विषयमा जानकारी लिएका थिए ।

आफ्नो पार्टी विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमालेले गत भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।