राजनीति

आगामी निर्वाचन जित्न गठबन्धनलाई निरन्तरता दिनुपर्छ : रामचन्द्र पौडेल


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न पार्टी नेतृत्वलाई दवाव दिनु भएको छ ।

एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा र सत्तारुढ गठबन्धनमा आवद्ध अन्य दलहरुबीच मतभेद भईरहेका बेला वरिष्ठ नेता पौडेलले आगामी निर्वाचन जित्नका लागि पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिएर जान उपयुक्त हुने प्रतिक्रिया दिनु भएको हो ।

वरिष्ठ नेता पौडेलले एक्लै लडेर चुनाव जितिने ठाउँमा भने पार्टीले एक्लै चुनाव लड्दा हुने पनि बताउनु भयो ।