राजनीति

देउवा, प्रचण्ड र ओलीको बैठक बालुवाटारमा सुरु


काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० लगायतका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।