समाचार

सवारी साधनमा जोर-बिजोर हटाउन सिफारिस


काठमाडौँ — काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो ।
उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ । सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ ।

सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न उपत्यकाका तीन वटै जिल्लाका सीडीओको बैठक बस्दैछ । सीसीएमसीको सिफारिस अनुसार सोमबारबाटै नयाँ निर्णय कार्यन्वयन गर्ने गरी तयारी भएको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

विद्यालय खुल्ला गर्ने लगायतका निर्णय भने तत्काल नहुने भएको छ । यस्तै भीडभाड बढी हुने क्षेत्र पनि तत्काल खुल्ला हुने छैनन् । अन्य क्षेत्रमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय भएको हो ।