काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताए ।
‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन,’ उनले भनेका छन्, ‘निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविश्यमै टुंगोमा पुर्याउँछौं ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’


प्रतिक्रिया