समाचार

सिंहदरबार नजिक कालो बेलुन उडाएर विरोध, ३ जना पक्राउ


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सिंहदरवार नजिक कालो बेलुन उडाएको छ ।

आइतबार सिंहदरबार छेउमा कालो बेलुन उडाएर युवा संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिएको हो ।

स्थानीय तह र मूल्‍य वृद्धिको विरोध गर्ने युवा संघका तीनजना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको छ ।