राजनीति

ओली ७ महिनापछि बालुवाटार जाँदै


काठमाडौँ — प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार बालुवाटार जाँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न अध्यक्ष ओली बालुवाटार जाने तयारीमा रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाले यसअगाडि पटकपटक राखेको सर्वदलीय बैठकमा ओली उपस्थित भएका थिएनन्। ओलीलाई बालकोटस्थित निवासमै पुगेर केही दिनअगाडि प्रधानमन्त्री देउवाले भेटघाट गरेका थिए।

देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए। त्यसअगाडि ओली प्रधानमन्त्री थिए। प्रधानमन्त्रीबाट हटेर बालकोट गएपछि झन्डै सात महिनामा ओली आज बालुवाटार जान लागेका छन्।