राजनीति

देउवा ओली र प्रचण्डबीच बालुवाटारमा भेट हुँदै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

अध्यक्ष ओली अपरान्ह ४ बजे बालुवाटार जाने हुनुभएको हो । शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएका ओलीले आज देउवा र प्रचण्डसँग भेटवार्ता गर्न लाग्नुभएको हो ।

तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने बताइएको छ ।