राजनीति

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, ८ मन्त्री थपिएसँगै मन्त्रिपरिषद्को संख्या १४


काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले आज थप आठजना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको छ ।

जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रिपरिषद्मा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् । थपिएका मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।