समाचार

९३ वर्षको उमेरमा गायिका मंगेशकरको निधन


काठमाडौँ – चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि उनी २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।उनको जन्म २८ सेप्टेम्बर १९२९ मा भएको थियो ।

२८ सेप्टेम्बर १९२९ माजन्मिएकी मंगेशकरले हजारौं गीत गाएकी छिन् । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् । उनले माइतीघर फिल्ममा ‘जुन माटो मा मेरो जन्म लिने सौभाग्य भयो’ बोलको गितमा आफ्नो स्वर दिएकी थिइन् । जसका लेखक स्वर्गीय राजा महेन्द्र वीर बिक्रम शाह थिए ।