राजनीति

एमसीसी अनुमोद गर्ने अन्तिम समयसीमा फागुन २८ सम्मकाे


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ महिनाभित्र संसद्बाट एमसीसी अनुमोदन गरिसक्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै अमेरिकाले अस्ति आगामी फागुन १६ गते (२८ फेब्रुअरी) भित्र एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ। अमेरिकाले शुक्रबार मात्रै पत्र पठाएर यसको स्मरण गराएको हो ।

गएको सेप्टेम्बर २९ मा देउवा र प्रचण्डले ५ महिनाभित्रमा संसद्बाट एमसीसी अनुमोदन गरिसक्ने प्रतिवद्धता जनाएको थियो ।

जानकार स्रोतका अनुसार शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै चाँडो एमसीसी अनुमोदन गर्न भनिएको छ।