राजनीति

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।