पर्यटन

अध्ययनले भन्यो : सगरमाथाको साउथ कोल पग्लने क्रम तीव्र गतिले बढेको छ


काठमाडौँ — पछिल्लो समय सगरमाथाको उच्च भागमा रहेका हिमनदी पग्लने क्रम तीव्र गतिले बढेको नयाँ अध्ययनले देखाएको छ । अमेरिकाको माइन युनिभर्सिटी का अध्ययनकर्ताहरु गरेको अनुसन्धानबाट उक्त तथ्य पत्ता लागेको हो ।

जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको साउथ कोलको हिमनदीको सतह खिइँदै गएको बीबीसीले जनाएको छ। अनुसन्धानकर्ताहरुका अनुसार साउथ कोलमा गएको २५ वर्षमा १८० फिटभन्दा बढी हिउँ हटेको बीबीसीमा उल्लेख छ ।

समुन्द्री सतहबाट ७ हजार ९०६ मिटर माथि रहेको साउथ कोल हिमनदी ८० गुणाले पातलिँदै गएको दाबी गरिएको छ । बढ्दो तापक्रम र तेजिलो हावाका कारण हिउँ पग्लिएको प्रतिवेदनमा भनिएको छ । दुई हजार वर्ष लागेर बनेका बरफ ३० वर्षको अवधिमा पग्लेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

डा मरिउस्ज पोटोकी अध्यननका एक सदस्य हुन् । उनले साउथ कोल हिमनदीको अवशेष हुनसक्ने बताएका छन् । १० जना अनुसन्धानकर्ताको टोली हिमनदी पुगेर अध्ययन गरिएको बताइएको छ । हिउँ पग्लन थालेपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालिएको अध्ययनकर्ताहरुले दाबी गरेका छन् ।